२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

१२ वर्षीया छात्रामाथि स्टेशनरीभित्र यस्तो फोहोरी हर्कत, शिक्षक समातिए

काठमाडौं । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरी पक्राउ परेका छन्।

विद्यालय नजिकै रहेको आफ्नै स्टेशनरी पसलमा गएको बेला कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रामाथि दुर्व्यवहार गरेको आरोपपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यले जानकारी दिए। पीडित बालिकाले आफन्तलाई घटना सुनाएपछि जाहेरी दर्ता भएको हो।

आरोपित गिरीले भने आरोप अस्वीकार गर्दै गाला मात्र छोएको दाबी गरेका छन्। घटनापछि विद्यालयमा तनावको अवस्था सिर्जना भएको थियो, जसपछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८२ माघ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस