२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

इन्धनको मूल्य फेरि बढ्यो, कति पुग्यो डिजेल र मट्टीतेल?

काठमाडौं । नेपाल आयल निगमले आइतबार बिहानदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ। पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट जनवरी ३१ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ६६ पैसा र पेट्रोलमा १२ पैसा बढेर आएको छ भने एलपी ग्यास प्रतिसिलिन्डर ४५ रुपैयाँ ४९ पैसाले महँगिएको छ। यता, हवाई इन्धनको मूल्य भने प्रतिलिटर १०८ रुपैयाँले घटेर आएको निगमले जनाएको छ।

नयाँ खरिद मूल्यका आधारमा आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ।

प्रकाशित मिति : २०८२ माघ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस