२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज तोलाकै साढे २० हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा ७ हजार ३ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ७ हजार ५०५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६ हजार ४३४ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस