२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

प्रतिनिधिसभा निर्वाचन : कांग्रेसलाई सघाउने भन्दै स्वतन्त्र उम्मेदवारले अचानक छोडे मैदान

काठमाडौं । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेका बेला स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलले सबैलाई अचम्मित पार्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। ‘जेनजी’ आन्दोलनको मर्म बोकेको दाबी गर्ने पौडेलले अब नेपाली कांग्रेसका उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) लाई समर्थन गर्ने घोषणा गरेका हुन्।

सोमबार विज्ञप्ति जारी गर्दै उनले कास्कीको दीर्घकालीन हित र बास्तोलाको ‘युवामैत्री’ सोचका कारण आफू पछि हटेको बताएका छन्। नेविसंघका नेता समेत रहेका पौडेलले भ्रष्टाचार र दम्भ विरुद्ध सधैँ खबरदारी गर्ने सर्तमा ‘रुख’ चिन्हमा मतदान गर्न अपिल गरेका छन्। उनको यो कदमले कास्कीको चुनावी नतिजामा कस्तो असर पार्ला भन्नेबारे अहिले व्यापक चर्चा सुरु भएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस