काठमाडौं । चीनका राष्ट्रपति शी जिनपिङले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा अमेरिकी डलरको प्रभुत्वलाई सीधा चुनौती दिएका छन्। उनले चीनको मुद्रा युआनलाई ‘मजबुत मुद्रा’ बनाउन आह्वान गर्दै अब अन्तराष्ट्रिय जगतमा युआन फैलिने (चल्ने) दिन आइसकेको बताए । जिनपिङले भनेका छन् कि युआनलाई यस्तो स्तरसम्म बलियो बनाउनुपर्छ कि अन्य देशहरूले यसलाई ‘अन्तर्राष्ट्रिय रिजर्भ’का रूपमा संकलन गर्न सकून्। हाल यो दर्जा अमेरिकी डलरलाई प्राप्त छ। यो बयानलाई डलरको बादशाहतलाई चुनौतीका रूपमा हेरिएको छ।,
अमेरिका–चीनबीचको टकराव
अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन अमेरिकी डलरमा निर्भरता घटाउन अन्तर्राष्ट्रिय व्यापारमा युआनको प्रयोग बढाइरहेको छ। गत वर्ष चीनले आफ्नो ६.२ ट्रिलियन अमेरिकी डलर बराबरको विदेशी व्यापारको करिब एक–तिहाइ हिस्सा आफ्नै स्थानीय मुद्रामा सेटल गरेको थियो। यो देखेर दुनियाँ चकित बन्दै भनेका थिए । अबको केही समयमा नै चिनियाँ मुद्रा विश्वभर फैलिनेछ । नभन्दै शीले यो घोषणा गरिसकेका छन् ।,
शनिबार सत्तारूढ कम्युनिस्ट पार्टीको प्रमुख सैद्धान्तिक जर्नल ‘किउशी’मा प्रकाशित लेखमा जिनपिङले भनेका छन् कि चीनलाई एक “मजबुत मुद्रा” बनाउन आवश्यक छ, जसको प्रयोग अन्तर्राष्ट्रिय व्यापार, लगानी र विदेशी विनिमय बजारमा व्यापक रूपमा गर्न सकियोस् र जसले ग्लोबल रिजर्भको दर्जा हासिल गरोस्।
ग्लोबल रिजर्भ के हो?
ग्लोबल रिजर्भ त्यस्तो मुद्रा हो, जसलाई विश्वभरका सरकार, केन्द्रीय बैंक र वित्तीय संस्थानहरूले ठूलो मात्रामा विदेशी मुद्रा भण्डारमा राख्छन्। यस मुद्रा प्रयोग अन्तर्राष्ट्रिय व्यापार, लगानी, ऋण भुक्तानी र विश्वव्यापी कारोबारमा हुन्छ। सरल भाषामा भन्नुपर्दा, यो विश्वकै “सबैभन्दा विश्वासिलो र सबैभन्दा बढी स्वीकार्य” मुद्रा हो। यो दर्जा अमेरिकी डलरले पाएको छ । यो मनोविज्ञामा आधारित छ कसैले दर्जा दिएर मात्र हुन्न । तर पछिल्लो समय हेर्दा युआनले यो ठाउँ विस्तारै लिँदैछ । द्वितीय विश्वयुद्धपछि अमेरिकी डलर नै प्रमुख ग्लोबल रिजर्भ मुद्रा रहँदै आएको छ। IMF अनुसार हाल विश्वको विदेशी मुद्रा भण्डारमा डलरको हिस्सेदारी अझै पनि करिब ५८–६०% छ।
चीनको रणनीति
जिनपिङले लेखमा अमेरिकी डलरको नाम प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि सन् २०१२ मा सत्ता सम्हालेदेखि नै उनले युआनलाई डलरको विकल्पका रूपमा अन्तर्राष्ट्रिय मुद्रा बनाउन जोड दिइरहेका छन्। हङकङको South China Morning Post अनुसार जिनपिङले भनेका छन् कि बैंकिङ सम्पत्ति, विदेशी विनिमय भण्डार र पूँजी बजारको आकारका हिसाबले चीन विश्वकै ठूलो अर्थतन्त्रमध्ये एक हो, तर समग्रमा “ठूलो छ तर बलियो छैन।” उनले वित्तीय महाशक्ति बन्न लामो समय लाग्ने बताए।,
CIPS VS SWIFT
चीनले रूससँग मिलेर अन्तर्राष्ट्रिय बैंक नेटवर्क SWIFT को विकल्पका रूपमा Cross-Border Interbank Payment System (CIPS) लाई बढावा दिइरहेको छ। रूसको तेल र ग्यासको सबैभन्दा ठूलो खरीदार चीनले द्विपक्षीय व्यापारमा युआनको प्रयोग बढाएको छ। अहिलेसम्म चीनले करिब ५० देशसँग Currency Swap Agreement गरिसकेको छ। तपाई हाम्रा बैकहरुमा विदेशबाट जहाँबाट पैसा आएपनि SWIFT नै आउँदथ्यो । अब CIPS तर्फबाटपनि आउन थालेको छ । गत वर्षमा युआन सामान्यतया डलरको तुलनामा बलियो भएको छ, तर अन्तर्राष्ट्रिय लगानी बैंकहरूको भनाइमा यो अझै पनि आफ्नो दीर्घकालीन मूल्यभन्दा तल छ। Goldman Sachs का विश्लेषकहरूले भनेका छन् कि युआन डलरको तुलनामा करिब २५% तल ट्रेड भइरहेको हुन सक्छ।,
SWIFT के हो?
SWIFT (Society for Worldwide Interbank Financial Telecommunication) विश्वकै सबैभन्दा ठूलो र महत्वपूर्ण अन्तर्राष्ट्रिय भुक्तानी सन्देश प्रणाली हो। यो १९७३ मा बेल्जियममा स्थापना भएको सहकारी संस्था हो, जसलाई बैंकहरूले नै सञ्चालन गर्छन्। विश्वभरका बैकहरु यसमा आवद्ध छन् । सरल भाषामा भन्नुपर्दा तपाईले विदेशबाट नेपाल पठाएको पैसा जुन देश हो, त्यसले नेपालको बैकमा दिन्छ । नेपालको बैकले तपाईलाई दिन्छ । ठिक नेपालको बैकले नेपालमापनि यही गर्छ ।,
BRICSको पहल,
बेइजिङ र मस्कोले BRICS समूहमा पनि एक साझा मुद्रा र SWIFTलाई टक्कर दिने BRICS Pay प्रणालीको लागि जोड दिइरहेका छन्। BRICS अहिले १० सदस्यीय समूह बनेको छ, जसमा ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका र थप पाँच नयाँ सदस्य छन्। यो मुद्दा यस वर्ष भारतमा हुने BRICS शिखर सम्मेलनमा उठ्ने अपेक्षा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् कि यदि BRICS देशहरूले डलरको प्रभुत्वलाई चुनौती दिने योजनामा अघि बढे भने उनीहरूले भारी ट्यारिफ लगाउनेछन्।
जिनपिङको निष्कर्ष
सरकारी समाचार एजेन्सी शिन्हुआले किउशीमा प्रकाशित लेख उद्धृत गर्दै भनेको छ कि चीनको वित्तीय विकास आधुनिक वित्तीय विकासको बाटोमा त चल्छ तर यसमा चीनको राष्ट्रिय परिस्थितिअनुसार विशेषता पनि हुन्छ, जुन पश्चिमी वित्तीय विकास मोडेलभन्दा फरक छ। राष्ट्रपति जिनपिङले जोड दिए कि आर्थिक रूपमा बलियो देशको आधारभूत विशेषता एक मजबुत आर्थिक योजनामा आधारित हुनुपर्छ, जसमा विश्वकै अग्रणी आर्थिक, वैज्ञानिक, प्राविधिक शक्ति र समग्र राष्ट्रिय क्षमता हुन्छ। उनले भने कि देशसँग प्रमुख वित्तीय तत्वहरू हुनुपर्छ– जस्तै एक बलियो मुद्रा र केन्द्रीय बैंक, बलियो वित्तीय संस्थान, अन्तर्राष्ट्रिय वित्तीय केन्द्र, ठोस वित्तीय नियमन, र उच्चस्तरीय वित्तीय प्रतिभाको टोली।,

