आजपनि ह्वात्तै घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भइरहेको हो ।