२०८३ भाद्र २० गते शनिवार | 2026 September 5th Saturday

निर्वाचन आयोगको अनुमति नलिई उडेपछि बालेन शाह सवार हेलिकोप्टर फर्काइयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह सवार हेलिकोप्टर आवश्यक अनुमति नलिई उडाइएको आरोपपछि फर्काइएको खुलासा भएको छ।

स्रोतका अनुसार शाहले काठमाडौंमा मतदान सम्पन्न गरेपछि हेली एभरेस्ट को हेलिकोप्टर चढेर झापातर्फ जाने तयारी गरेका थिए। तर निर्धारित गन्तव्यमा अवतरण गर्न नपाई उक्त हेलिकोप्टर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मै फर्किएको हो।

विमानस्थलका उच्च स्रोतका अनुसार निर्वाचन आचारसंहिता लागू भइरहेका बेला राजनीतिक व्यक्तित्वहरूले यात्रा गर्दा आयोगको पूर्व स्वीकृति आवश्यक पर्ने व्यवस्था छ। तर सम्बन्धित स्वीकृति लिएको  नदेखिएपछि अवतरण अनुमति दिइएन।

“निर्वाचन आयोगको औपचारिक अनुमति नभेटिएकाले हेलिकोप्टरलाई फिर्ता पठाइएको हो,” स्रोतले जनाएको छ। घटनाले चुनावी आचारसंहिताको पालना र निगरानीप्रति फेरि ध्यानाकर्षण गराएको छ। यद्यपि यस विषयमा सम्बन्धित निकायबाट औपचारिक स्पष्टिकरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस