२०८३ भाद्र २० गते शनिवार | 2026 September 5th Saturday

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालको दाबी : पार्टीले १८६ सिट जित्ने

प्रकाश काफ्ले /काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले  प्रतिनिधिसभा निर्वाचनमा पार्टीले १८६ सिट जित्ने दाबी गर्नुभएको छ।उहाँका अनुसार देशभर देखिएको जनसमर्थन, वैकल्पिक शक्तिप्रति बढ्दो आकर्षण र पुराना दलप्रति नागरिक असन्तुष्टिका कारण रासोपाले उल्लेख्य सफलता हासिल गर्ने आधार तयार भएको छ।

अर्यालले पार्टी संगठन विस्तार, युवा सहभागिता र पारदर्शी राजनीतिक प्रतिबद्धतालाई जितको मुख्य आधारका रूपमा प्रस्तुत गर्नुभएको छ। उहाँले “अब देशमा नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता छ, त्यसैले मतदाताले रासोपातर्फ विश्वास व्यक्त गर्नेछन्” भन्ने तर्क अघि सार्नुभएको छ।यद्यपि, २७५ सदस्यीय प्रतिनिधिसभामा १८६ सिट जित्नु अत्यन्त ठूलो बहुमत हो। यस दाबीलाई राजनीतिक विश्लेषकहरूले महत्वाकांक्षी लक्ष्यका रूपमा हेरेका छन्। निर्वाचन परिणामले मात्रै उक्त दाबी कति यथार्थमा परिणत हुन्छ भन्ने स्पष्ट पार्नेछ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस