२०८३ भाद्र २० गते शनिवार | 2026 September 5th Saturday

घण्टीले खोल्यो खाता : काठमाडौं–१ मा रञ्जु दर्शना विजयी

प्रकाश काफ्ले/काठमाडौं  :काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन्। हालसम्म भएको मतगणनामा उनले आफ्ना प्रतिस्पर्धीहरूभन्दा उल्लेखनीय अग्रता बनाएकी छन्। गन्न बाँकी मतभन्दा उनको मतान्तर धेरै भएपछि उनको जित सुनिश्चित भएको हो। निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने अझै बाँकी रहेको जनाएको छ। यस जितसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचनमा पहिलो जितको खाता खोलेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस