२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

घण्टीको मात्र ९ मत

प्रकाश काफ्ले/काठमाडौं।जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाही अग्रस्थानमा रहेका छन्।  हालसम्म १ हजार २४५ मत गणना भइसकेको छ। यसमध्ये शाहीले ५४१ मत प्राप्त गर्दै पहिलो स्थान कायम राखेका छन्।उहाँलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले ४३५ मतसहित पछ्याइरहेका छन्। त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले १५४ मत प्राप्त गरेका छन्।नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शान्तिलाल महतले ७२ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार विनीता कठायतले हालसम्म ९ मत मात्र प्राप्त गरेकी छन्।

मतगणना प्रक्रिया अझै जारी रहेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस