२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

माधवकुमार नेपाल पाँचौँ स्थानमा, राजेश कुमार चौधरी अग्रस्थानमा

प्रकाश काफ्ले /काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहट–१ मा भइरहेको प्रारम्भिक मतगणनामा पाँचौँ स्थानमा देखिएका छन्। प्राप्त मतपरिणाम अनुसार उनी हालसम्म २२० मत सहित पाँचौँ स्थानमा रहेका छन्।

हालसम्मको मतगणना अनुसार राजेश कुमार चौधरी ७०६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। त्यस्तै योगेन्द्र राय यादव ५६७ मत सहित दोस्रो स्थानमा छन्।

यसैगरी अनिल कुमार झा ३१२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् भने आजय कुमार गुप्ता २८८ मत सहित चौथो स्थानमा रहेका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम भने अझै घोषणा भएको छैन। थप मत गणना हुँदै जाँदा उम्मेदवारहरूको स्थान परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस