२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

महेश बस्नेतले हारपछि भने– “सदन बाहिरबाट जनताको आवाज बोक्नेछु”

प्रकाश काफ्ले/काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर–२ मा निर्वाचनमा पराजय भएपछि आफ्नो भूमिका अझै सक्रिय रहने बताएका छन्। उनले हारले निराश बनाउँदैन भनी जनताको हितका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे। बस्नेतले सामाजिक सञ्जालमार्फत लेखेका छन् कि “भक्तपुर–२ बाट एमाले प्रतिनिधि भएको अवसरमा सहभागी भएँ। यसपटकको नतिजा हाम्रो पक्षमा भएन, तर लोकतन्त्रमा जनताको निर्णय सर्वोपरि हुन्छ। त्यसैले म यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु।”

उहाँले विजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका राजिब खत्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। साथै, मतदान गरेर विश्वास देखाउने सबै मतदाताहरूप्रति र चुनावी अभियानमा साथ दिने आफ्ना पार्टीकर्मीप्रति कृतज्ञता व्यक्त गरेका छन्। महेश बस्नेतले भने, “राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया हो, तर जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धता कहिल्यै मर्ने छैन। अब हाम्रो भूमिका रचनात्मक प्रतिपक्षको हुनेछ। शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहनेछ।”

उहाँले आफ्नो बाँकी जीवन भक्तपुर र जनताको सेवा, हित र विकासमा समर्पित रहने स्पष्ट पारेका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस