२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

समृद्धिको लक्ष्य हासिल गर्न एमालेको नेतृत्व आवश्यक : मुख्यमन्त्री आचार्य

प्रकाश काफ्ले/काठमाडौँ ।मुख्यमन्त्री चेत नारायण आचार्यले प्रतिनिधिसभा निर्वाचनपछि गम्भीर समीक्षा गर्दै जनताको हितमा दृढतापूर्वक अघि बढ्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्।

शनिबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) अर्घाखाँची–रूपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। आचार्य एमालेका केन्द्रीय सदस्य समेत हुन्।

उनले पार्टी संगठनलाई अझ प्रभावकारी रूपमा परिचालन गर्दै निरन्तर समीक्षा र मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याए। यसरी मात्रै जनताको पक्षमा मजबुत रूपमा उभिन सकिने उनको भनाइ थियो।

मुख्यमन्त्री आचार्यले जनतामा विकास र समृद्धिप्रतिको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै त्यो लक्ष्य पूरा गर्ने क्षमता एमाले नेतृत्वसँग मात्रै रहेको दाबी गरे। उनले एमाले नेतृत्वमा बनेका सरकारले गरेका महत्वपूर्ण उपलब्धि जनतासमक्ष पर्याप्त रूपमा पुग्न नसकेको भन्दै ती उपलब्धि अझ स्पष्ट रूपमा जनतामाझ प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस