२०८३ असोज २ गते शुक्रवार | 2026 September 18th Friday

हर्क साम्पाङको भनाइ— जनताको रोजाइमा रवि लामिछाने प्रधानमन्त्री

प्रकाश काफ्ले / काठमाडौँ ।श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उप–महानगरपालिका पूर्व मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आगामी प्रधानमन्त्री बन्न सुझाव दिएका छन्। फेसबुक स्टाटस मार्फत साम्पाङले देशको वर्तमान अवस्था र जनभावनालाई कदर गर्दै रवि लामिछाने नै देशको नेतृत्व सम्हाल्न योग्य व्यक्ति भएको बताएका हुन्।

अध्यक्ष साम्पाङका अनुसार आम जनताले लामिछानेलाई नै मुलुकको कार्यकारी प्रमुखको भूमिकामा देख्न चाहेका छन्। उनले भने, “जनताले परिवर्तन खोजिरहेका छन् र रवि लामिछानेमा त्यो आशा देखिएको छ। अबको प्रधानमन्त्री रवि लामिछाने नै हुनुपर्छ भन्ने जनताको मागलाई सबैले सम्मान गर्नुपर्छ।” पछिल्लो समयमा बदलिएको राजनीतिक समीकरण र नयाँ शक्तिहरूको उदयसँगै साम्पाङको यो सुझावलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस