२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

सर्लाही–४ मा हारपछि गगन थापाले अमरेश सिंहलाई दिए बधाई

प्रकाश काफ्ले/काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश सिंहसँग पराजित भएका नेपाली कांग्रेसका नेता गगन थापाले उनलाई बधाई दिएका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले यस क्षेत्रका मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले आफूलाई माया, भरोसा र मत दिएर साथ दिने सबै मतदातालाई धन्यवाद दिएका हुन्।

थापाले यस क्षेत्रका विभिन्न समस्या समाधानका लागि आफूले देखेका विषयमा आफ्नो पहल र क्षमताअनुसार आगामी दिनमा पनि निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सार्वजनिक मतपरिणामअनुसार रास्वपाका अमरेश सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी गगन थापाले २२ हजार ८ सय ३८ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस