२०८३ असार ७ गते आइतवार | 2026 June 21st Sunday

बालेनकै नेतृत्वमा सरकार बन्छ’ — चितवन–३ बाट विजयी सोविता गौतम

प्रकाश काफ्ले / काठमाडौं चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेकी छन्। निर्वाचन जितेको प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको उल्लेख गर्दै अब उनकै नेतृत्वमा सरकार गठन हुने विश्वास व्यक्त गरिन्।

गौतमले नेपाली जनताले रास्वपालाई ठूलो भरोसा राखेर मत दिएको बताउँदै त्यस विश्वासलाई परिणाममुखी काममार्फत पूरा गर्ने प्रतिबद्धता जनाइन्। ‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई मत दिनुभएको छ,’ उनले भनिन्, ‘हामी यो विश्वासलाई गम्भीर रूपमा लिएर काम गर्नेछौँ।’

चितवन–३ को निर्वाचनमा गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै विजय हासिल गरिन्, जुन अहिलेसम्मकै उच्च मतान्तरसहितको जितमध्ये एक हो। उनकी निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन्।

दुवै उम्मेदवारबीच ३८ हजार ६६२ मतको फराकिलो अन्तर रहेको छ।

 

 

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस