प्रकाश काफ्ले / काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा हर्क साम्पाङ राई ले उल्लेखनीय अग्रता कायम राखेका छन्। श्रम संस्कृति पार्टी का अध्यक्ष समेत रहेका साम्पाङ मतगणनाको पछिल्लो परिणामअनुसार प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन्।
हालसम्मको मतपरिणामअनुसार साम्पाङले ३२ हजार ४०९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी गोमा तामाङ सारिन ले भने १८, हजार ६७९ मत प्राप्त गरेकी छन्।
यससँगै साम्पाङले झण्डै दोब्बर मतान्तरसहित अग्रता कायम राखेका छन्। तामाङ सरिन राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार हुन्।
प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार

