प्रकाश काफ्ले / काठमाडौं।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई निर्वाचन जितेकोमा बधाई दिएका छन्। शनिबार झापा–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि ओलीले सामाजिक सञ्जालमा आफू र बालेनसँगको पुरानो तस्बिर साझा गर्दै शुभकामना व्यक्त गरेका हुन्। ओलीले बालेनको आगामी पाँच वर्षे कार्यकाल सफल र प्रभावकारी रहोस् भन्ने कामना गरेका छन्।
उनले सन्देशमा भनेका छन्,“बालेन बाबु, तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न र सफल रहोस्, हार्दिक शुभकामना।” झापा–५ को निर्वाचन परिणामअनुसार बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका प्रतिद्वन्द्वी एमाले अध्यक्ष ओलीले भने १८ हजार ७३४ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार

