२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक आज बस्ने

प्रकाश काफ्ले/काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) सचिवालय बैठक बोलाएको छ। बैठकको समय र स्थान भने पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ।

पार्टी स्रोतका अनुसार बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिकतर्फका उम्मेदवार सिफारिस लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची रहेको छ। साथै आगामी निर्वाचन रणनीति, संगठनात्मक तयारी तथा पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

पार्टीका शीर्ष नेताहरू सहभागी हुने उक्त बैठकलाई आगामी निर्वाचनको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस