२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

निर्वाचनपछि अमेरिकी दूतावासः नेपालसँग सुरक्षा र समृद्धिमा सहकार्य गर्न इच्छुक

प्रकाश काफ्ले / काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि नेपालस्थित अमेरिकी दूतावासले नेपाललाई बधाई दिएको छ।

दूतावासले जारी गरेको सन्देशमा लोकतान्त्रिक प्रक्रियामार्फत निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र सम्बन्धित निकायलाई शुभकामना व्यक्त गरिएको छ। साथै आगामी दिनमा बन्ने सरकारसँग दुवै देशका साझा हितका क्षेत्रमा सहकार्य गर्न अमेरिका उत्सुक रहेको जनाएको छ। विशेषगरी समृद्धि, सुरक्षा र द्विपक्षीय साझेदारीका विषयमा सहकार्यलाई अगाडि बढाउने अपेक्षा अमेरिकी दूतावासले व्यक्त गरेको छ।

 

 

 

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस