२०८३ असोज १९ गते सोमवार | 2026 October 5th Monday

अमेरिकाले नेपालीको ‘टीपीएस’ सुविधा खारेज : बसाइमा जोखिम

काठमाडौं – अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा अन्त्य गरेको छ।

नेपालको टीपीएस एक वर्षअघि नै सकिएको भए पनि निर्णय खुला थियो। हाल कानुनी आधार नरहेको भन्दै सुविधा खारेज गरिएको हो। टीपीएसअन्तर्गत योग्य नागरिकले अमेरिकामा बस्न, काम गर्न र देशनिकालबाट अस्थायी सुरक्षा पाउने व्यवस्था थियो।

सुविधा समाप्त भएपछि वैध आप्रवासन हैसियत नभएका नेपालीले अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्छ। यसले टीपीएसमा बसेका नेपालीलाई जोखिम सिर्जना गरेको छ।

नेपालसँगै हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरुन, होन्डुरस, निकारागुवा, भेनेजुएला, दक्षिण सुडान, म्यानमार, सोमालिया र इथियोपियाका नागरिकका लागि पनि टीपीएस अन्त्य गरिएको सूची सार्वजनिक भएको छ।

 

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस