२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

अमेरिकामा ग्रीन कार्डका लागि नयाँ कानून पेस, नेपालीलाईपनि ठूलो अवसर

काठमाडौं – अमेरिकामा बसोबास गरिरहेका एच–१बी भिसाधारीसहित लाखौं आप्रवासीका लागि ग्रीन कार्ड प्राप्त गर्ने नयाँ अवसर खुल्ने भएको छ। अमेरिकी सीनेटमा पेस गरिएको नयाँ विधेयकअनुसार पछिल्लो ७ वर्षदेखि लगातार अमेरिका बसिरहेका व्यक्तिहरूलाई ग्रीन कार्डका लागि आवेदन दिन अनुमति दिने प्रस्ताव गरिएको छ। यो कानून पारित हुनासाथ नेपालीलाईपनि ठूलो लाभ हुनेछ ।

ग्रीन कार्ड प्राप्त गरेपछि व्यक्तिले बिना वर्क भिसा सहज रूपमा बस्न र काम गर्न सक्नेछन्। तर, आवेदन दिनेलाई कुनै आपराधिक रेकर्ड नभएको र अन्य कानूनी योग्यताका सर्तहरू पूरा गर्नुपर्नेछ। यो विधेयक डेमोक्रेटिक सिनेटर एलेक्स पडिलाले पेस गरेका हुन्। कानुन बनेमा लाखौं आप्रवासीका लागि स्थायी बसोबासको बाटो खुल्नेछ। तर रिपब्लिकन पार्टीको सम्भावित विरोधका कारण यसको पारित हुने यात्रा सहज नहुने अनुमान गरिएको छ। नयाँ नियम लागू भएपश्चात् ६० दिनभित्र कार्यान्वयनमा आउने प्रस्ताव गरिएको छ।

 

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस