२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

राज्यकोषको खाएकाले दोषी करार हुने देखेर रकम फिर्ता गरे सजायबाट मुक्ति मिल्छ ?

काठमाडौं। पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनालको विदेश उपचार खर्चका नाममा करिब ३ करोड ७० लाख रुपैयाँ नेकपा (एमाले) ले राष्ट्र बैंकमा फिर्ता गरेको छ। यो निर्णय केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएको थियो । तर कानूनविद्हरूका अनुसार रकम फिर्ता गर्दैमा सजायबाट बच्न सकिँदैन। सर्वोच्च अदालतका एक पूर्वन्यायाधीशले “पैसा फिर्ता गरे पनि मुद्दा चल्छ, भ्रष्टाचार हो” भन्दै दोषी करार हुने सम्भावना कायम रहने बताएका छन्।

जनस्वास्थ्य ऐन २०७५ अनुसार विदेश उपचार खर्च सरकारले बेहोर्न नपाउने व्यवस्था छ। तर विगतमा विभिन्न ऐन र कार्यविधामा सुविधा दिइँदै आएकोमा सर्वोच्चले हालै त्यस्ता व्यवस्था खारेज गरिसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान जारी रहेको बताउँदै गोपनीयताका कारण विवरण सार्वजनिक नगर्ने जनाएको छ। एमालेभित्र भने पार्टीको कोषबाट रकम फिर्ता गरिएकोप्रति असन्तुष्टि बढेको छ।

 

 

प्रकाशित मिति : २०८३ जेष्ठ ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस