२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

पूर्वमाओवादी नेताको ५ तले घरमा चल्यो डोजर, भाडाखान सरकारी जग्गामा बनाएको स्वीकार्दै भने जुवा खेलेको थिएँ हारेँ

पोखरा। पोखरा महानगरपालिकाले फिर्के खोलामाथि अवैध रूपमा बनेका संरचना हटाउने अभियान सुरु गरेको छ। यस क्रममा पूर्वमाओवादी नेता ज्ञानबहादुर कोइरालाले बनाएको पाँचतले घरमा पनि डोजर चलेको छ। कोइरालाले खोलामाथि घर बनाएको स्वीकार गर्दै “जुवा खेलेको थिएँ, हार्छु भन्ने थाहा थियो” भनेका छन्। उनले भाडा खानकै लागि खोलामाथि घर बनाएको स्वीकार गरेका हुन्।

महानगरको अध्ययनअनुसार फिर्के खोलामा ३५ व्यक्तिका घर र ११ संस्थाका भवन अवैध रूपमा बनेका छन्। शैक्षिक संस्था, समाज घरदेखि सरकारी निकायसम्मले खोलाको मापदण्ड मिचेर संरचना खडा गरेका छन्। अभियानसँगै खोलाको स्वरूप परिवर्तन हुने अपेक्षा गरिएको छ भने विस्थापित संरचनाको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस