२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

महिनावारीमा मन्दिर जानु उचित हो कि होइन ? अचम्म गराउने जया किशोरीको यो जवाफ

काठमाडौं । महिनावारी वा पीरियड्सका समयमा महिलाले मन्दिर जानु हुँदैन वा पूजा–पाठ गर्नु हुँदैन भन्ने परम्परागत धारणा अझै पनि धेरै घरमा प्रचलित छ। तर यसबारे प्रवचनकार जया किशोरीको विचार फरक छ। एक अन्तर्वार्तामा उनले स्पष्ट पारिन् कि यी नियमहरू सुरुमा स्वास्थ्य र आरामका कारण बनाइएका थिए। विज्ञानको दृष्टिले पीरियड्समा महिलाले धेरै कार्यमा खट्नु हुँदैन । पहिले व्यवस्थाहरू सहज नभएकाले महिलालाई घरमै बस्न भनिन्थ्यो। तर समयसँगै यसलाई अछूतपनसँग जोड्नु गलत भएको उनको भनाइ छ।

जया किशोरीले उदाहरण दिँदै भनिन्, “महाभारतमा द्रौपदी रजस्वला अवस्थामा हुँदा पनि भगवान कृष्णले सहयोग गर्नुभएको थियो। त्यसबेला भगवानले यो अवस्था हेरेर निर्णय गर्नुभएको थिएन। त्यसैले यी नियमहरू पुरानो समयका हिसाबले थिए, तर अहिले समय बदलिएको छ।”

यसैबीच, प्रेमानन्द महाराजले भने शास्त्रअनुसार मासिक धर्मको समयमा महिलाले पूजा–पाठ वा साप्ताहिक अनुष्ठान गर्नु निषेध भएको बताए। तर उनीहरूले भगवानको नामजप वा चिन्तन भने गर्न सक्ने उल्लेख गरे। अछुत व्यवहारको भने उनीहरुले खुलेरै बिरोध गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस