२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

शत्रु र षड्यन्त्र विजयका लागि माता बगलामुखी, यसैले थुत्नुभएको हो असुरको जिब्रो

काठमाडौं । वैशाख शुक्ल अष्टमीका दिन माता बगलामुखी प्रकट हुनुभएको मानिन्छ। सुनौलो पहेँलो शरीर, पहेँलो वस्त्र, मस्तकमा चन्द्रमा र बेसार जस्तै कान्ति देवीको स्वरूपको विशेषता हो। यस कारण देवीलाई हरिद्रा वा पीताम्बरा पनि भनिन्छ। कतिपय स्थानमा देवीलाई बगुला जस्तै स्वरूपमा चित्रण गरिएको छ। तर सबैभन्दा ध्यान खिच्ने कुरा भनेको देवीको गतिविधि हो। मूर्तिहरूमा देवीलाई एक हातले असुरको जिब्रो तानेको अवस्थामा देखाइन्छ। यो असुर को हो ?

असुर मदनासुरको कथा
तन्त्रसार अनुसार, एक साधकले कठोर तपस्या गरेर ब्रह्माबाट वाक् सिद्धि प्राप्त गरे। जसले जे बोले, त्यो पूरा हुने वरदान पाएपछि ऊ निरंकुश भयो। दुर्व्यवहारका कारण ऊ असुर बन्यो र उसको नाम मदनासुर रह्यो। उसले साधुहरूलाई कैदी बनाएर आफ्नो वर्चस्व जमाउन खोज्यो। ब्रह्माको वरदानका कारण भगवान शिव पनि उसको अन्त्य असम्भव भयो ।

त्यसपछि भगवान शिवले समेत देवीको स्तुति गर्नुभयो । देवी बगलामुखी प्रकट हुनुभयो । मदनासुरले वाक् सिद्धि प्रयोग गरेर देवीलाई रोक्न खोज्दा देवीले उसको मुखमा हात हालेर जिब्रो तानेर रोकिदिनुभयो । यसैले देवीलाई असुरको जिब्रो तानेको स्वरूपमा देखाइन्छ। नरपिशाच, अपराधि, निरंकुश, अन्यायीहरुलाई माता बगलामुखीले यसैगरी सिध्याउने विश्वास छ ।

प्रतीकात्मक अर्थ
मदनासुरको जिब्रो तान्नु भनेको झूट, अफावह र गलत वाणीलाई नियन्त्रण गर्नु हो। आज समाजमा झूट बोल्ने, गलत तथ्य र तर्क गर्ने प्रवृत्तिलाई रोक्ने देवीको शक्ति यही स्वरूपमा प्रकट हुन्छ। यसैले देवी बगलामुखीको पूजा अदालतका मुद्दा समाधान, शत्रु विजय र षड्यन्त्र हटाउन विशेष प्रभावकारी मानिन्छ। कमेन्टमा जय बगलामुखी माता लेखेर आराधाना गर्नुहोस् ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस