२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

६ महिनाकी छोरी च्यापेर ६ तल्लाबाट इन्जिनियर ईशा हामफाल्दा जे भयो !

काठमाडौं । लक्ष्मी प्रेस्टीज अपार्टमेन्टमा भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ। छ तल्लाबाट हाम फाल्दा ३७ वर्षीया महिला सफ्टवेयर इन्जिनियर ईशा साहूको मृत्यु भएको छ।

ईशा साहूले आत्मघाती कदम चाल्दा उनले आफ्नी काखकी ६ महिनाकी छोरीपनि च्यापेकी थिइन्। तर हाम फाल्ने क्रममा बच्ची आमाको हातबाट छुट्टिएर टाढा खस्दा चमत्कारिक रूपमा बच्न सफल भइन्। बच्चीलाई सामान्य चोट लागे पनि तत्कालै अस्पताल पुर्‍याइएपछि चिकित्सकले खतरा टरेको बताएका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार ईशा लामो समयदेखि निद्रा नआउने रोगबाट पीडित थिइन्। रातभरि निद्रा नपाउँदा उनी गहिरो डिप्रेशनमा पुगेकी थिइन्, जसले गर्दा आत्महत्या गर्ने निर्णयमा पुगेको अनुमान गरिएको छ। प्रहरीले मुद्दा दर्ता गरी परिवार र अपार्टमेन्टका बासिन्दासँग सोधपुछ सुरु गरेको छ।

 

 

 

 

 

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस