२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

रास्वपा विचारहीन र बहुलठ्ठी तत्व हो, अब घनघोर आन्दोलन गर्छौ -प्रचण्ड

बुटवल । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी महाधिवेशनपछि सशक्त आन्दोलनमा जाने घोषणा गरेका छन् । बुटवलमा आयोजित प्रदेशस्तरीय प्रशिक्षणमा सम्बोधन गर्दै उनले सरकारको नेतृत्व गरिरहेको रास्वपालाई विचारहीन र बहुलठ्ठीपूर्ण तत्त्वको संज्ञा दिए।

प्रचण्डले सरकारका सय दिनलाई उपलब्धीशून्य भन्दै जनतालाई भ्रममा पारेर बनेको सरकार असफल भएको टिप्पणी गरे। उनले वाम एकताको तत्काल आवश्यकता नभए पनि कांग्रेस, एमालेलगायतसँग सहकार्यका लागि समन्वय भइरहेको बताए।

कार्यक्रममा प्रचण्डसँगै माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनाललगायत शीर्ष नेताहरू सहभागी थिए।

 

प्रकाशित मिति : २०८३ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस