२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

भक्तपुरमा भीषण आगलागी

Fierce fire in Bhaktapur

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ लोकन्थली मनहरास्थित कखरा स्कुल नजिक सोमबार आगलागी भएको छ। रामेछाप मन्थली घर भई हाल ललितपुर टिकाथली बस्ने तीर्थकुमार थापाको जस्ताको छानो र जस्ताले बेरेको दुई तल्ले कच्ची टहरामा संचालनमा रहेको मामा भान्जा इन्जिनियरिङ कट्रक्सनमा अचानक करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट सामसुङ कम्प्युटर थान– १, प्रिन्टर थान–१, ल्यापटप थान– १, टेबुल, कुर्सी ४ सेट, स्टिल दराज थान– ४, काठको दराज थान– १, काठको र्‍याक थान– १, कुलर थान– १, दुई हजार लिटरको पानी ट्याङकी थान– १, यूपीभीसी सेट र आल्मुनियम सेट जलेर नष्ट भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

परिसरका एसपी प्रजित केसीले आगलागीबाट मानवीय तथा पशु चौपाया क्षति नभएको जनाउनुभयो । उक्त आगो प्रहरी, दमकल र स्थानीयको सहयोगमा साँझ सवा चार बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो। उक्त स्थानमा वृत्त ठिमीबाट प्रनाउ रबिन श्रेष्ठको कमाण्डमा टोली खटिएको उहाँले बताउनुभयो । उक्त स्थान वृत्त ठिमीबाट अन्दाजी ३ कि.मी. दक्षिणमा पर्दछ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस