२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

निजामती कर्मचारी सरुवा व्यवस्थापन गर्न गठन भयो कार्यदल

काठमाडौं । निजामती कर्मचारीको सरुवा व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यदल गठन गरेको छ । कर्मचारीतन्त्रमा सरुवाको विकृति झाँगिएपछि त्यसलाई नियन्त्रण गर्न कार्यदल गठन गरिएको मन्त्री अमनलाल मोदीले जानकारी दिनुभयो  ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा हेर्ने सहसचिव हेमराज तामाङ र स्थानीय तह तथा क्षमता विकास महाशाखा प्रमुख सहसचिव बलराम रिज्याल सम्मिलित कार्यदल गठन भएको उहाँले बताउनुभयो ।

कार्यदलले सरुवासम्बन्धी हालका कानूनी व्यवस्था र अभ्यास हेरेर उपयुक्त सुझाव दिनेछ । ‘सरुवासम्बन्धी बेथिति र गुनासा सम्बोधन गर्ने पहलका लागि कार्यदल गठन गरेका छौँ,’ बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘कार्यदलले सरुवा प्रणालीलाई व्यवस्थित बनाउनेबारे सुझाव दिनेछ ।’ कार्यावधि, भौगोलिक क्षेत्र आदिका आधारमा सरुवा हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस