२०८२ फाल्गुन १३ गते बुधवार | 2026 February 25th Wednesday

कोरोनासम्बन्धी नियम उलंघनको आरोपमा बेलायती पूर्व प्रधानमन्त्री जोनसनद्वारा सांसद पदबाटपनि राजीनामा

Former U.K. Prime Minister Boris Johnson quits Parliament after investigation into 'partygate' statements

काठमाडौं । बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाटपनि राजीनामा दिनुभएको छ । तत्कालै लागू हुने गरी उहाँले राजीनामा दिनुभएको हो ।

जोनसनले राजीनामा दिएपछि रिक्त भएको सिटमा उपचुनाव हुने समाचार संस्था एपीले जनाएको छ । कोरोनासम्बन्धी नियम पालना नगरेको विषयमा उहाँमाथि हाउस अफ कमन्सलाई भ्रमित गरेको आरोप छ । तर उहाँले कोभिड–१९ का सबै नियम पालना गरेको बताउँदै आउनुभएको छ ।

संसद्को विशेषाधिकार समितिले जोनसनले लापरबाही वा जानाजानी सांसदलाई गुमराह गरेको प्रमाणित भएमा उहाँलाई १० दिनभन्दा धेरै सांसद पदबाट निलम्बन गर्न सिफारिस गर्न सक्छ । प्रधानमन्त्री हुँदा कोभिड–१९ का नियमहरू तोडेर पार्टी गरेपछि उहाँको आलोचना भएको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस