२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनमा गैंडाको आक्रमणबाट आइतबार साँझ एकजनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२३ स्थित हरियाली सामुदायिक बनमा निउरो टिप्न गएका भरतपुर–२५ घर भई भरतपुर–२३ ध्रुवघाट बस्ने वर्ष ६० को झन्डिल बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस