२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

जनतालाई सुखी बनाउन प्रचण्डले प्रयास गर्दै हुनुहुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपालले जनताको जीवनलाई सुखी बनाउने जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने बताउनुभएको छ ।

आइतबार नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो बताउनुभएको हो । त्यसका लागि अहिले सरकारको नेतृत्व गर्नुभएका पुष्पकमल दाहाल प्रचण्डले गम्भीर रुपमा प्रयास गरिरहेको उहाँको भनाई थियो ।

‘जनताको जीवनमा आमूल परिवर्तन गर्ने, जनताको जीवनलाई सुखी बनाउने, यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने छ,’ उहाँले भन्नुभयो, ‘त्यही कम्युनिष्ट पार्टीको नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौं । कमरेड पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाइ गर्दै हुनुहुन्छ । जनताका वेदना र दुःखहरुलाई सम्बोधन गर्न सकिन्छ भन्ने सन्दर्भमा उहाँले आफ्नो तर्फबाट प्रयास गर्दै हुनुहुन्छ ।’

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस