२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

अन्यको घट्दा यी चार विदेशी मुद्राको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर

money exchange rate in nepal today

काठमाडौं। आज सबैजसो विदेशी मुद्राको विनिमय दरमा सामान्य गिरावट आएको छ। डलर, यरो, पाउन्ड लगायत मुद्राको भाउ घट्दा अस्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन र कोरियन ओनको दर मात्रै सामान्य वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको खरिद दर १३०.६१ रुपैयाँ र बिक्री दर १३१.२१ रुपैयाँ कायम भएको छ। सोमबार एक डलरको खरिद दर १३०.८२ रुपैयाँ र बिक्री दर १३१.४२ रुपैयाँ थियो।

त्यस्तै, युरोपियन युरोको भाउ पनि घटेको छ। मंगलबार १ युरोको खरिददर १४४.८६ र बिक्रीदर १४५.५३ रुपैयाँ भएको छ। सोमबार १ युरोको खरिददर १४५.५४ र बिक्रीदर १४७.२० रुपैयाँ थियो।

त्यस्तै, युरोपियन युरोको भाउ पनि घटेको छ। शनिवार १ युरोको खरिददर १४५.५४ र बिक्रीदर १४७.३० रुपैयाँ भएको छ। आज बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६७.५८ र बिक्रीदर १६८.३४ रुपैयाँ कायम भएको छ। सोमबार यसको खरिददर १६८.२० र बिक्रीदर १६८.९७ रुपैयाँ कायम थियो।

यस्तै, १० जापानी येनको खरिददर ९.२३ र बिक्रीदर ९.२७ कायम भएको छ। १० कोरियन ओनको खरिददर १०.१७ रुपैयाँ र बिक्रीदर १०.२१ रुपैयाँ कायम छ।

आजको विदेशी मुद्राको विनिमय दर

 

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस