२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

स्याङजा । शुक्रबारदेखिको वर्षाले पहिरो जाँदा बेनी जोमसोम सडकखण्डको बैसरीमा सडक अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका–३ बैसरीमा पहिरोले गर्दा सडक अवरुद्ध भएको हो। रातिदेखि नै पहिरो झरेपछि मुस्ताङ जाने पर्यटक अलपत्र परेका छन्। लगातार पहिरो गएकाले सडक खुलाउन नसकिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो। पहिरोले रघुगंगा –३ बैशरीमा सडक अवरुद्ध भएको अध्यक्ष भण्डारीले बताउनुभयो।

सडक खुलाउनका लागि प्रहरी तथा बेनी-जोमसोम-कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्नेक्रम नरोकिएपछि जोखिम भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिनुभयो।

 

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस