२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

कैलालीको धनगढीमा २६ बर्षिया आलोक ससुरालीमै अस्ताए

अत्तरिया । धनगढीका आलोक थापाको देहावसान भएको छ। थापाको धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २६ वर्षीय थापा करिब ३ वर्षदेखि बैयाबेहडीस्थित आफ्नो ससुरालीमा बस्दै आएका थिए। हिजोमात्रै उनी आफ्नो भतिजाको जन्मदिन मनाउन भनेर गएका थिए। जन्मदिन मनाएर फर्किएपछि सुतेका थापा बिहान बेहोस अवस्थामा फेला परेका थिए।

त्यसपछि उपचारका लागि अस्पताल लगिएकोमा उनलाई मायामेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थिए। उनको शव पोस्टमार्टमपछि अन्तिम संस्कार गरिएको छ । मृत्युको कारण खुलेको छैन ।

 

 

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस