२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

यी हुन् भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले जलाधारको पुनरुत्थान र जीवीकोपार्जन सुधार परियोजनाका लागि २० करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व वातावरण सुविधा (जीईएफ) बाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।

‘‘दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (जीईएफ) बाट प्राप्त हुने करिब २० करोड २२ लाख रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ’’, उहाँले भन्नुभयो।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले विज्ञापन नियमन गर्ने (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। सँगै बैठकले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ।

 

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस