२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

३२ ठाउँमा घरजग्गा जोडेका उपसचिव दम्पत्तिलाई भ्रष्ट्राचार अभियोगमा अदालतले दियो ‘क्लीन चिट’

काठमाडौं । ३२ ठाउँमा घरजग्गा, १९ बैंकमा खाता भएका उपसचिव हेमराज विष्ट र उनकी श्रीमती रुबी जिसीलाई विशेष अदालतले ‘क्लीन चिट’ दिएको छ । साउन १४ गते हेर्दाहेर्दैमा छाडेको मुद्दामा विशेषले मंगलबार सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश बलभद्र बास्तोलाको इजलासले विष्ट दम्पत्तिले भ्रष्टाचार नगरेको ठहर गरेको हो ।

साविक वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा भ्रष्टाचार गरी करिब सात करोड अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको सुदूरपश्चिम प्रदेशको वन निर्देशनालयका निमित्त वन निर्देशक विष्टको विरूद्धमा २०७८ सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

आयोगलेले २०७८ पुस २१ मा दायर गरेको मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले सफाइ दिएको हो । आयोगले गैरकानूनी रूपमा आर्जित सम्पत्ति ६ करोड ८७ लाख ५७ हजार रुपैयाँलाई नै बिगो कायम गरेर मुद्दा दायर गरिएको थियो । २७ वैशाख ०५५ मा सहायक वन अधिकृतबाट सरकारी सेवा सुरु गरेका विष्टले करिब २२ वर्षको अवधिमा उनले काठमाडौं र भक्तपुरसहित विभिन्न जिल्लाका ३२ ठाउँमा घरजग्गा जोडेका थिए ।

 

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस