२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

कीर्तिपुरमा खोलामा फसेका दुई बालकको ज्यान प्रहरीले बचायो

काठमाडौं । कीर्तिपुरको बल्खु खोलामा फसेका दुई जना बालकको उद्धार भएको छ। शनिबार दिउँसो कीर्तिपुर नगरपालिका–२ बल्खु खोला जिरो पोइन्टमा पौडी खेल्न गएका दुई जना बालकको उद्धार गरेको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको हो । कलंकी बस्ने ११ वर्षीय सुमित आचार्य र १२ वर्षीय रिदम अधिकारी छन्।

पौडी खेलिरहँदा पानीको बहाव एक्कासी बढेपछि उनीहरू खोलाको बीचमा फसेका थिए। उनीहरू निस्किन नसकेपछि अरूले देखेर प्रहरीलाई बोलाएका थिए। प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो। दुबै बालकलाई प्रहरीले वृत्तमा लगेको छ। परिवारलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस