२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

विग्रिरहेको मौसम कहिलेदेखि सुधार हुन्छ ? – यसो भन्छन् मौसमविद्

weather forecast nepal today

काठमाडौं । पछिल्ला केही दिनमा मौसम अत्याधिक विग्रिदो छ । भारी बर्षाका कारण बाढी र पहिरोले आक्रान्त पारेको छ । तर आजदेखि देशभर मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

मौसमविद् विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालनजिकै रहेपनि जलवाष्पयुक्त वायु कम हुनाले आजदेखि तुलनात्मक रूपमा मौसम सुधार हुँदै जानेछ। ‘हिजो अस्तिको जस्तो लगातार पानी परिरहने र धेरै भारी वर्षा हुने देखिँदैन,’उहाँले भन्नुभयो ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको उहाँले जानकारी दिनुभयो । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान् छ।

काठमाडौं उपत्यकामा आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । राति कोशी, गण्डकी र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान् छ। अबको केही दिनमा मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सर्ने प्रक्षेपण छ। त्यसकारण पनि मौसम सुधारिने बताइएको छ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस