२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

ब्रेक शुबाट निकालिएको सुन यसरी बिस्कुट आकारको बनाउँदैछ टक्सार महाशाखा

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर गाल्न थालेको छ। मंगलबार बिहानदेखि सुन गाल्ने काम सुरू भएको छ। सुन गालेर अहिले बिस्कुटको आकारको बनाइँदैछ।

यसअघि महाशाखाले सोमबार ब्रेक शुबाट सुन निकालेको थियो। सुनको तौल ६० केजी ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो । ‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ७८९ ग्राम रहेको छ’, उहाँले भन्नुभयो, ‘गालेर जोख्न बाँकी छ।’

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकालिएको थियो। राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।

 

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस