२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

एमसीसी गम्भीर भन्दै देशभक्त नेपाली, सेना, प्रहरीलाई संघर्षमा साथ दिन अपिल गर्दै विप्लवले दिए चेतवानी [ भिडियो ]

काठमाडौं । नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी परियोजना (एमसीसी) मा विभेदकारी प्रावधान भएकाले अगाडि बढाए सैह्य नहुने चेतावनी दिनुभएको छ । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले त्यसमा आफूहरूले नफस्नको लागि कांग्रेस, एमाले र माओवादीसहितका दलहरूलाई आग्रह गर्दा पनि नसुनेको बताउनुभयो ।

एमसीसीको कार्यान्वयनको चरणमा रहेको बेलामा आन्दोलनको घोषणा गरेपछि भिडियो सन्देशमार्फत उहाँले भन्नुभएको छ, ‘एमसीसीमार्फत् नेपाललाई अमेरिकन सैन्य अड्डा बनाउने मनसाय प्रष्ट देखिन्छ। यो नेपाललाई आफ्नो सुरक्षा छाता, प्रभाव र नियन्त्रणभित्र राख्ने देखिन्छ। जुन कुरा न नेपालीको हितमा छ न नेपालको एसियाको क्षेत्रीय राजनीतिसँग मेल खान्छ। त्यो कुरामा नेपाल जानु भनेको गम्भीर विचलन ठहर्छ। हामीले त्यति बेला पनि भनेका थियौँ संघर्ष पनि भएको थियो।’

सबै दलमा सहमति नहुँदा पनि संसदबाट ठूलो राष्ट्रघाती निर्णय लिएको आरोप उहाँको छ । संसद्ले पनि जनताको दबाब थेग्न नसकेर १२ बुँदे व्याख्यात्मक टिप्पणीसम्म गर्न पुगेको बताउनुभयो । उहाँले व्याख्यात्मक टिप्पणी अहिले कता हरायो ? भन्दै प्रश्न गर्नुभएको छ । उहाँले १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिका नै नपठाएको दाबी गर्दै त्यसबारे कुनै चासो नराखेको उहाँको भनाइ छ।

 

 

 

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस