२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सिरहामा धेरै भारी वर्षा, दूधकोशी र कमला नदीले नाघ्यो सतर्कता तह

Dudh Koshi Flood

काठमाडौं । सिरहामा धेरै भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १०९ मिलिमिटर पानी परेको बाढी पूर्वानुमान् महाशाखाले जनाइएको छ। लहान स्टेशनको मापन अनुसार पछिल्लो एक घन्टामा सिराहामा ४९.४ मिलिमिटर वर्षा भएको छ।

वर्षाका कारण हुनसक्ने क्षतिबाट जोगिनका लागि सतर्क रहन आग्रह गरिएको छ। लगातारको वर्षाका कारणमा दूधकोशी र कमला नदीमा जलसत सतर्कता तह पार गरेको छ। दुधकोशी नदी खोटाङको रबुवाबजारमा ६ मिटर नाघेको छ। कमला नदी सिन्धुलीको रानीबासमा सतर्कता तह नाघेको छ।

बाढी पूर्वमानुमान महाशाखका अनुसार रानीबासमा कमला नदीको जलसतह ३.७८ मिटर पुगेको छ। यसको सतर्कता तह ३.५ मिटर कायम गरिएको छ। आज दिउँसो र राति कोशी, बाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले अन्य नदीहरूको बहाव पनि बढ्न सक्ने पूर्वानुमान् छ।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस