२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

बाँकेमा डुबेर दुई जनाको मृत्यु

खजुरा (बाँके) । खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । बाँके जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो।

साथीसँग खोलामा नुहाउन गएका बेला शनिबार दिउँसो बर्मा नालामा बेपत्ता हुनुभएको थियो । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो । पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–३ एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले बताउनुभएको छ । मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस