२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्य [ सूचीसहित ]

Prices of vegetables and fruits and all agricultural produce

Prices of vegetables and fruits and all agricultural produce :

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ७० रहेको छ भने अधिकतम ८०, गोलभेडा सानो (लोकल) न्यूनतम ५०, अधिकतम ६०, आलु रातो न्यूनतम ५५, अधिकतम ५८, आलु रातो (भारतीय) न्यूनतम ३५ अधिकतम ३६, आलु रातो (मुडे) न्यूनतम ५०, अधिकतम ५३ रुपैयाँ कायम भएको छ ।

यसैगरी काउली स्थानीय न्यूनतम ९०, अधिकतम १०० रुपैयाँ र भन्टा लाम्चो न्यूनतम ६० अधिकतम ७० र भन्टा डल्लो न्यूनतम ७०, अधिकतम ८० रुपैयाँ प्रति केजी कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । यस्तै बन्दा (लोकल) प्रति केजी न्यूनतम ७० रहेको छ भने अधिकतम ८० रुपैयाँमा कारोबार भैरहेको समितिले जनाएको छ । यसैगरी, केरा दर्जन न्यूनतम १५० अधिकतम १६०, स्याउ (फूजी) प्रति केजी न्यूनतम ३२० अधिकतम ३५० रुपैयाँ कायम भएको छ।

 

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ १३, २०८०

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस