२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

स्रोत नखुलेको २६ लाख भेटिएपछि विमानस्थलबाट फरार कर अधिकृत प्रहरी सम्पर्कमा

काठमाडौं, भाद्र २५ गते । नेपालगन्ज विमानस्थलबाट भागेका आन्तरिक राजश्व कार्यालय तुलसीपुरका एक कर अधिकृत पनि प्रहरीको सम्पर्कमा आएका छन्। कर अधिकृत खगेन्द्र सापकोटाबाट सोमबार बिहान स्रोत नखुलेको २६ लाख रकम फेला परेको थियो। उनीसँगै यात्रा गरिरहेका अर्का अधिकृत दीपक पौडेल भागेका थिए। कर अधिकृत पौडेल प्रहरीको सम्पर्कमा आएको बाँके प्रहरीले जनाएको छ ।

त्यसअघि विमानस्थलबाट फरार कर अधिकृत पौडेल सम्पर्कविहीन थिए। पछिल्लो समय भने उनी सम्पर्कमा आएको र आफैँ प्रहरी कार्यालयमा आउने बाचा गरेको प्रहरीको भनाई छ । सोमबार बिहान ७ बजे बाँकेको राँझा विमानस्थलबाट श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं जान लागेका सापकोटालाई सुरक्षाकर्मीले पक्राउ गरेको थियो। चेकजाँच गर्नेक्रममा स्रोत नखुलेको २६ लाख रकम भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस