२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

साताको अन्तिम दिन आज शुक्रबार बढ्यो सुनको मूल्य

gold price today nepal

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार स्थिर रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ थियो आज शुक्रबार भने एक लाख ११ आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय २५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्यपनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस