२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

विद्या भूषणबाट ९६२ जना विभूषित (नामावली सहित)

काठमाडौँ, असोज २ गते । सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।

विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ‘क’ तर्फ ७९० जना, नेपाल विद्या भूषण ‘ख’ तर्फ ७१, नेपाल विद्या भूषण ‘ग’ तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक ‘क’ तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक ‘ख’ तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९६२ जनालाई विभूषित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ ।

विभूषित हुनेहरूको नामावली:

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस