२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

६ लाख तलबको लोभमा पारेर ३ लाख ठगी

काठमाडौं । डोटी घई भई काठमाडौंको सेतोपुल बस्ने ३२ वर्षका धनबहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको छ । कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी तीन लाख ठगी गरेको पाइएपछि पक्राउ गरिएको हो।

उनले ६ लाख कमाई हुने लोभ देखाएर यसरी ठगी गरेका पाइएको छ। मलेसिया पठाउनका लागि भन्दै तीन लाख लिएपछि उनी सम्पर्कविहीन भएका थिए। त्यसपछि वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। विभागको पत्रअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस