२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

सिटिजन्स बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १० प्रतिशत

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘१०% सिटिजन्स बैंक डिबेन्चर २०९०’ जारी गर्न लागेको हो। बैंकले असोज १७ गतेदेखि २१ गतेसम्म ऋणपत्र निष्कासन गर्ने छ। यसभित्र बिक्री भएन भने कात्तिक १ गतेसम्म बिक्री खुला हुने छ।

बैंकले कुल ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने छ। वार्षिक ब्याज १० प्रतिशत दिने छ। कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता ‘प्राइभेट प्लेसमेन्ट’ र बाँकी सर्वसाधारणलाई बिक्री गरिने छ।

ऋणपत्रको अंकित मूल्य १००० रुपैयाँ छ। यसमा कम्तिमा २५ कित्ता र अधिकतम सबै कित्ता खरिद गर्न सकिने छ।

 

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस